जनकपुरधाम । कक्षा–७ की आशाकुमारी यादव केही वर्ष अगाडि विद्यालयमा नियमित थिएन् । अनियमित विद्यालय आउँदाको प्रभाव आशाको सिकाई उपलब्धीमा पनि देखिन्थ्यो । कक्षामा उनी औषत दर्जाको थिइन् । अभिभावकले भन्दा पनि विद्यालयमा आउनै संकोच मान्ने आशा अहिले नियमित छन् । घरदेखि करिब एक किलोमीटरको दूरीमा रहेको धनुषा विदेह नगरपालिका–७ योगियाडाको श्री भगवती आधारभूत विद्यालयमा नियमित छिन् । वर्षाले केही साथीहरु नआएपनि आपूm छातालिएर आएको उनी सुनाउँछिन् । विद्यालयमा रहेको बाल क्लवको अध्यक्ष समेत रहेकी आशाको अनुहारमा गज्जवको आत्मविश्वास छ । उनी पढेर जीवनमा योग्य बन्न चाहन्छिन् । विद्यालयको वातावरणबाट उत्साहित उनी शिक्षकहरुलाई पनि धन्यवाद दिन छुटाउदैनन् । विद्यालयका प्रअ रामसोभित यादव पनि विद्यालयको वातावरणमा भइरहेको सुधारले उत्साहित छन् । आशा प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै गाउँका किशोरीहरु विद्यालयमा नियमित भएका छन् ।
विद्यालयमा केही समय यता सामूहिक प्रयासपछि शैक्षिक सुधार देखिएको शिक्षकहरुको स्वीकारोक्ती छ ।
विद्यालयमा कुनै प्रकारको शैक्षिक समस्या अथवा पढाईमा त्रुटी, लैंगिक हिंसा घटना हुँदा छात्राहरुले निसंकोच गुनासो पेटीकाको सदुपयोग गरेका छन् ।
विद्यालयमा आशाकुमारी यादवको अध्यक्षतामा ११ सदस्यीय बालक्लव गठन गरिएको छ । बालक्लवमा आवद्ध छात्रछात्राहरुले विद्यालयमा शैक्षिक वातावरण कायम गर्न सघाएका छन् ।
उनीहरुले पठनपाठनमा कुनै समस्या देखिएमा प्रअसमक्ष गएर समाधानको लागि आग्रह गर्ने गरेका छन् ।
विद्यालयमा आचारसंहिता समेत बनाइएको छ । आचारसंहिताले विद्यार्थी र शिक्षक दुवैलाई आप्mनो भूमिकाबारे स्पष्ट रुपमा अवगत गराएको प्रअ यादवले बताए ।
विद्यार्थीले भयमुक्त, हिंसामुक्त र सुरक्षित वातावरणमा पढ्न पाए मात्र विद्यालय शिक्षा पुरा गर्न सकिने भएकोले आचारसंहिता, गुनासो पेटीका र बालक्लवलाई पनि प्राथमिकता दिएको प्रअ यादवले बताए ।
यसले विद्यार्थीसहित शिक्षकलाई समेत जिम्मेवार बनाएको उनले स्वीकारे । बालबालिका शारिरीक, मानसिक र संवेगात्मक रुपमा पुर्ण रुपमा विकसित भई नसकेकाकारण दुव्र्यवहार वा हिंसात्मक व्यवहारलाई पहिचानगर्न नसकि त्यसको प्रतिकार वा आफ्नो विश्वासिलो व्यक्तिलाई सूचना दिन सकेका हुदैनन् । पहिचान गर्न सक्नेले कसरी सूचना दिने, कहाँदिने बारे जानकारी नहुँदा सहेर बसेका हुन्छन र अन्ततःविद्यालय छोडने गर्दछन जसको परिणाम स्वरुप सिकाई उपलब्धि पनि घटेर जान्छ ।
विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विद्यालयलाई हिंसामुक्त र सुरक्षित बनाउन गुनासो पेटिका महत्वपूर्ण रहेको प्रअ यादवले बताए ।
आवश्यक परेको बेलामा एक सातामा नभए १५ दिनमा नियमित रुपमा गुनासो सुनुवाई हुने गरेको उनले सुनाए । शैक्षिक वातावरण कायम गर्न आसमान नेपालले पनि खेलेको भूमिकालाई पनि उनले महत्वपूर्ण बताए ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको सिकाई परियोजना अन्तर्गत विद्यालयमा विभिन्न सामग्रीहरु सहयोग गरेको प्रअ यादवले स्मरण गरे ।
विद्यालय बाहिर रहेका किशोरीहरु पनि भर्ना भएको छ, प्रअ यादवले भने–गत वर्षको तुलनामा विद्यार्थी संख्या पनि बढेको छ ।
विद्यालय बाहिर(ड्रपआउट) भएका किशोरीहरु कक्षा ६ र ७ मा भर्ना भएको शिक्षक महेन्द्र मुखियाले बताए । गत शैक्षिक सत्रमा ४ सय २४ रहेको विद्यार्थी संख्या बढेर चालु शैक्षिकसत्रमा ४ सय ७६ पुगेको छ ।