विश्वकप छनोटमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल
नेपालखोज
२०८० असार १९ गते ६:२७

काठमाडाैं । नेपालले आईसीसी विश्वकप छनोट – २०२३ अन्तर्गत आज आफ्नो अन्तिम खेल खेल्दैछ । यसमा नेपालको प्रतिस्पर्धि टेस्ट टिम आयरल्यान्ड रहनेछ । यो खेलले सातौं स्थानको टिमको टुंगो लगाउनेछ भने आज पराजित हुने टिम आठौं स्थानमा रहनेछ ।
यसअघि छनोटमा सहभागी १० मध्ये ६ टिम सुपर सिक्समा पुगि उत्कृष्ट २ मा रहदै बिश्व कपमा सहभागी हुन सघर्शरत छन् । यसमा श्री लंकाले १ खेल बाँकि छँदै विश्व कपमा आफ्नो टिकट पक्का गरिसकेको छ भने आयोजक जिम्बाबे त्यसपछि सर्वाधिक सम्भावना बोकेर अगाडि बढिरहेको छ । नेपालले सातौं स्थानका लागि भएको सेमिफाइनलमा युएईलाई तीन विकेटले हराउँदै आयरल्यान्डसँगको भेट पक्का गरेको हो ।
प्लेअफमा आयरल्यान्डले अमेरिकालाई हराउँदै सातौं स्थानका लागि नेपालसँग भिडन तयार भएको छ । नेपाल समूह ‘ए’बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपाल जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ रन तथा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न बाट बन्चित भएको थियो ।
यसैगरी आयरल्यान्ड पनि ४ खेलमध्ये ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह बी बाट बाहिरिएको थियो । नेपालले ओडिआईमा आयरल्यान्डसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।
आयरल्यान्ड समूह चरणमा ओमानसँग ५ विकेट, स्कटल्यान्डसँग १ विकेट तथा श्रीलंकासँग १ सय ३३ रनले पराजित भएको थियो । आयरल्यान्डले यूएईलाई १ सय ३८ रनले हराएको थियो भने प्लेअफमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
सम्बन्धित