सिंगापुरसँग सेमिफाइनल खेल्दै नेपाल
नेपालखोज
२०८० असार १८ गते ५:३६

काठमाडाैं । नेपालले एसीसी इस्ट जोन कपको सेमिफाइनलमा आज सिंगापुरको सामना गर्दैछ । सिंगापुर लिग चरणको आफ्नो अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएपछि नेपालसँग सेमिफाइनल खेल्ने पक्का भएको हो ।
नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । यो सेमिफाइनल आज सोमबार हुनेछ । अर्को सेमिफाइनलमा मलेसिया र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।
मलेसिया समूह ए को उपविजेता र हङकङ समूह बीको विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् । यो प्रतियोगिताको फाइनल तथा तेस्रो स्थानका लागि मंगलबार प्रतिस्पर्धा हुनेछ ।
नेपाल यो प्रतियोगिताको आफ्नो पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराउँदै समूह ए को विजेता बनेको थियो । उता सिंगापुरले माल्दिभ्सलाई २ सय ४५ र इन्डोनएसियालाई १ सय ४ रनले हराएको थियो भने हङकङसँग ७ विकेटले पराजित भएको थियो ।
सम्बन्धित