चिडियाखानाभित्रै ढलेका रूखमा कुँदिएका जनावर
नेपालखोज
२०८० असार १४ गते ११:०५

ललितपुर । ललितपुरको जावलाखेलस्थित चिडियाखानामा ढले पडेका रूखका मुढामा केही कलाकारहरूले त्यहाँ संरक्षित जनावरका विभिन्न आकृति बनाइरहेका छन् ।
गत जेठ महिनाबाट विभिन्न जनावरहरू हेर्दै मूर्ति बनाइरहेका कलाकारहरूमध्ये एक विभूषण ताम्राकार भन्छन्, ‘जनावरको फोटो हेरेर मूर्ति बनाउनभन्दा प्रत्यक्ष हेरेर बनाउँदा निकै रमाइलो र सजिलो हुँदो रहेछ।’
चिडियाखानाका काठबाट बन्ने मूर्तिलाई त्यहाँ अवलोकन गर्न आउने दर्शकले पनि हेर्न मिल्ने गरी राखिने चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले बताए ।
हाल चिडियाखानामा १०८ प्रजातिका १,१५७ वटा जीवजन्तु संरक्षित छन् ।
सम्बन्धित