ट्रक र कार आपसमा ठोक्किँदा २ जनाको मृत्यु
नेपालखोज
२०८० असार १२ गते ८:३२

झापा । जिल्लाको शिवसताक्षी नगरपालिकामा ट्रक र कार आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।
मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी रहेको बि एण्ड सि अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले बताए । मृतक दुई जना बाबुछोरी हुन् ।
दुर्घटनाका पाँच जना घाइतेको उपचार भइरहेको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ। दुईवटै सवारीसाधनको नम्बर खुल्न सकेको छैन। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
सम्बन्धित