जनकपुरधाम । आसमान नेपाल नामक गैर सरकारी संस्थाले आप्mनो २४औं स्थापना दिवसको अवसर पारेर सामाजिक परिक्षण कार्यक्रम गरेको छ ।
जनकपुरधाममा मंगलबार आयोजित सामाजिक परिक्षण कार्यक्रममा सहभागीहरुले आसमान नेपालले गरेको कार्यको समीक्षा गर्दै सुधार र आगामी कार्यक्रमहरु बारे सुझाव दिएका थिए ।
आसमान नेपालका अध्यक्ष रामपुकार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका धनुषाका प्रमुख राजनन्दन मण्डलले शिक्षा क्षेत्रको विकासमा सबैको सहयोग अपरिहार्य रहेको बताए ।
शिक्षा क्षेत्रमा सुधारको लागि आसमान नेपालले संचालन गरेको परियोजनाहरुले आमनागरिक लाभान्वित बनेको दावी गर्दै उनले यसमा अन्य सरोकारबालाहरुले पनि सघाउनुपर्ने धारणा राखे ।
शिक्षा र स्वास्थ्यमा पछि परेको मधेश प्रदेशलाई अघि बढाउन आसमान नेपालको शिक्षा सुधार अभियानलाई सबैले सहयोग गर्नुपर्ने उनले बताए ।
सो अवसरमा मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्र यादवले सरकारको कार्यक्रमलाई सहयोग पुर्याउने उद्येश्यले आसमान नेपालले संचालन गरेको परियोजनाहरु प्रभावकारी रहेको बताए ।
करिब अढाई दशक लामो यात्रामा आसमान नेपालले विभिन्न बाधा अवरोध पार गर्दै यहाँसम्म आइपुगेकामा उनले बधाई ज्ञापन समेत गरे । अहिलेको आवश्यक्ता गुणस्तर शिक्षा रहेको बताउँदै मेयर यादवले यसतर्पm आसमान नेपाललाई परियोजनाहरु संचालन गर्नको लागि आग्रह समेत गरे ।
सो अवसरमा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख युक्त प्रसाद शर्माले शिक्षा क्षेत्रमा सुधारको लागि सरकारी र गैरसरकारी संघसंस्थाले हातेमालो गरेर अघि बढनुपर्ने तर्क गरे ।
मधेशको शिक्षामा सुधार आवश्यक देखिएकोले यसतर्पm सबै सरोकारबालाहरु केन्द्रीत हुनुपर्ने उनले बताए ।
शिक्षा तथा समाज कल्याण मन्त्रालयकी उपसचिव देवकुमारी खत्रीले शिक्षाको विकास गरेर महिला हिंसा, बालविवाह जस्ता कुरीतिबाट मुक्त हुन सकिने बताइन् । शिक्षा अभावमा यस प्रकारको सामाजिक विकृति न्युनिकरण गर्न समस्या भएको उनले बताइन् ।
केयर नेपालका मधेश प्रदेश संयोजक विजय झाले शिक्षा क्षेत्रमा आसमान नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै थप सशक्त रुपमा अघि बढनुपर्नेमा जोड दिए ।
आसमानलाई यहाँसम्म पुर्याउने टीमलाई पनि उनले बधाई ज्ञापन गरेका थिए ।
महिला स्वास्थ्यकर्मी रिता साहले सामाजिक रुपान्तरणमा महिलालाई अगाडि आउनुपर्ने धारणा राखिन् । समाजमा बढ्दो विकृति विरुद्ध महिलाहरु नै अगाडि आउनुपर्ने उनको तर्क थियो ।
कार्यक्रममा मावि गिद्धाबेलापट्टीका प्रअ पवन मण्डल, बालक्लवकी सरिता यादव लगायतले आ आप्mनो धारणा राखेका थिए ।