Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

भारतीय टमाटरले स्थानीय उत्पादनको मुल्य घट्यो


भारतीय टमाटरले स्थानीय उत्पादनको मुल्य घट्यो

लालबन्दी । विगत एक सातादेखि भारतीय गोलभेँडा अत्यधिक भित्रिँदा सर्लाहीका किसानले फलाएको गोलभेँडा सस्तिएको छ ।

‘सिजन’ को अन्तिमतिर आएर भारतीय गोलभेँडा धेरै भित्रिँदा आफूहरुले फलाएको गोलभेँडाले भाउ नपाएको यहाँका किसानले गुनासो गरेका छन् । एक साताअघि किसानले गोलभेँडा प्रतिकेजी ३२ देखि ३५ रुपैयाँसम्ममा बिक्री गरेका थिए ।

अहिले भने भाउ घटेर १२ रुपैयाँ प्रतिकेजीमा आइपुगेको छ । भारतबाट ठूलो परिमाणमा गोलभेँडा भित्रिएको र चर्को घामले यहाँको गोलभेँडा पनि धमाधम पाकेर बजारमा धेरै आइरहेकाले भाउ घटेको लालबन्दी थोक तरकारी बजारका व्यापारी तोरबहादुर मगरले जानकारी दिए ।

“भारतबाट धेरै भित्रिएको र यहाँ पनि धेरै उत्पादन भएकाले गोलभेँडाको भाउ ह्वात्तै घट्न पुगेको हो,” बजार समितिका अध्यक्ष समेत रहेका मगरले भने, “एक साताअघि क्रेटको ८०० देखि एक हजारसम्म बिक्री भएको गोलभेँडा अहिले ३०० देखि ४०० रुपियाँमा किनबेच भइरहेको छ ।” अब यही चैत महिनाभर मात्रै गोलभेँडा उत्पादन हुन्छ ।

निरन्तर वर्षा हुन थालेपछि भने गोलभेँडाको बोट मर्न थाल्छ । अहिले बजारमा आइरहेको स्थानीय गोलभेँडा अन्तिम फलाइ हो ।

अघिल्ला वर्षहरुमा उत्पादनयामको अन्तिमतिर गोलभेँडाले राम्रो मूल्य पाउँदा किसानलाई राहत मिल्ने गरेको थियो । यो वर्ष भने अन्तिमतिर पनि भारतीय गोलभेँडा छ्यापछ्याप्ती भित्रिँदा गोलभेँडा खेती गर्ने किसान मारमा परेका हुन् ।

लालबन्दी नगरपालिका–१७, रानिगञ्जका किसान प्रवीण पौडेलले बिनारोकतोक भारतीय गोलभेँडा भित्रिँदा आफूहरु मारमा परेको गुनासो गरे । “भारतीय गोलभेँडा धेरै भित्रिँदा हाम्रो उत्पादनले भाउ पाएको छैन्, यही अवस्था रहे उत्पादन लागत उठाउनै मुस्किल पर्छ,” पौडेलले भने ।

सर्लाहीका किसानले उत्पादन गरेको गोलभेँडा लालबन्दी र नवलपुर बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् । पछिल्लो समय सासापुरस्थित तीनघरेमा पनि गोलभेँडा सङ्कलन केन्द्र स्थापना गरी स्थानीय किसानले ल्याएको गोलभेँडा गरिद गर्न थालिएको छ ।

यहाँको गोलभेँडा काठमाडौँ, पोखरालगायत ठूला शहरमा निर्यात हुने गरेको छ । लालबन्दीस्थित थोक तरकारी बजारबाट मात्रै ३० टन भन्दा बढी गोलभेँडा निर्यात हुने गरेको थोक तरकारी बजार समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध