जनकपुरधाम । बारा–२ मा आगामी बैशाख १० गते हुनलागेको उपचुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार सिफारिस गरेको छ । महतोको प्रतिस्पर्धा जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसित प्रतिस्पर्धा हुनेछ ।
लोसपा केन्द्रमा सत्ता गठबन्धनमा सामेल छन् । सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार जसपा अध्यक्ष उम्मेदवार यादव हुने पक्का छ । यादवलाई गठबन्धनका सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीको समर्थन रह्ने भएको छ । लोसपाले नाम सिफारिस गरेपनि नेता महतो भने अभैm स्पष्ट छैनन् । श्रोतका अनुसार उनी उपेन्द्र यादवविरुद्ध उम्मेदवारी दिन सकारात्मक छैनन् । धनुषा–३ छाडेर गृहजिल्ला सर्लाहीबाट गएको मंसिर ४ को चुनावमा उम्मेदवारी दिएका थिए ।
लोसपानिकट स्रोतकाअनुसार अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा बसेको बैठकले बारा–२ को उपचुनावमा लोसपाबाट महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यादवको प्रयासलाई विफल पार्न लोसपाले उनिविरुद्ध महतोलाई उम्मेदवार बनाउन लागेको छ ।
महतो आम निर्वाचनमा सर्लाहीबाट नेकपा माओवादी केन्द्रका महेन्द्र राय यादवसँग पराजित भएका थिए । महतो पनि उपचुनाव जितेर संसद् प्रवेश गर्न खोजिरहेका छन् ।
यता जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउँदै छन् । आम निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट लडेका कुशवाह जसपाका रामसहाय यादवसँग जम्मा साढे ३ सय मतको अन्तरले पराजित भएका थिए । उनले बुधबार मात्रै जनमत प्रवेश गरेका छन् ।
बारा–२ मा हुनलागेको उपचुनावमा नेपाली कांग्रेसले जसपाका उम्मेदवारलाई सघाउने भएको छ ।
नेपाली कांग्रेसले बारा–२ मा जसपाबाट उम्मेदवार बन्न लागेका पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको हो । उक्त क्षेत्रबाट कांग्रेसले आफ्नो उम्मेदवार उठाउँदैन ।
बिहिबार बसेको नेपाली कांग्रेसको केन्द्रीय सम्पादन समितिको बैठकले बारा–२ मा जसपा अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको कांग्रेस श्रोतले बतायो । ‘पार्टी अध्यक्ष शेरबहादुर देउवाजीले बारा–२ मा पार्टीबाट उम्मेदवार नउठाउँन र जसपाका अध्यक्ष उपेन्द्र यादवजीलाई सघाउन प्रस्ताव ल्याउनु भयो’, ती नेताले भने, ‘बैठकले उनको प्रस्तावलाई अनुमोदन ग¥यो । अब हाम्रो पार्टीबाट त्यहाँ उम्मेदवारी पर्दैन ।’