Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

एसइई परीक्षा मर्यादित बनाउन आग्रह


एसइई परीक्षा मर्यादित बनाउन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले शिक्षाको अवस्थामा सुधार ल्याउनका लागि परीक्षालाई मर्यादित बनाउनुको विकल्प नरहेको बताएका छन् । आउँदो चैत १७ गतेदेखि सुरु हुन लागेको एसइई परीक्षाको तयारीमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले परीक्षालाई मर्यादित बनाउनमा सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए ।

मधेश प्रदेशका ८ जिल्लाका सुरक्षा निकायसँग एसइई परीक्षा २०७९ सवाल तथा व्यवस्थापनसम्बन्धी सुरक्षा निकायका प्रमुखसँग जनकपुरधाममा आयोजित अन्तरक्रियामा मन्त्री यादवले मधेश प्रदेशका ४ जिल्ला साक्षरताको दृष्टिकोणमा सबैभन्दा पछि पर्नु चिन्ताको विषय भएको बताए । उनले अब कुनै पनि परीक्षामा नक्कल गर्न नदिई मर्यादित बनाउँदै अघि बढनुपर्नेमा उनले जोड दिए ।

उनले सम्बन्धित पालिकाका प्रमुख, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक नेता तथा विद्यार्थीलाई यस विषयमा जानकारी गराउँदै आउँदो १७ गते देखि हुन लागेको एसइई परीक्षालाई पूर्ण मर्यादित रुपमा सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन सहितको आग्रह गरे ।

मधेश प्रदेशका प्रमुख सचिव कृष्ण बहादुर राउतले हालै सम्पन्न भएको जनगणनामा मधेश प्रदेशका ४ जिल्ला साक्षरताको दृष्टिकोणले मुलुकमा नै पछाडि परेको तथ्याङ्क आएको बताउँदै प्रदेशमा गुणस्तरीय शिक्षा आवश्यक भएको बताए ।

कार्यक्रममा ८ वटै जिल्लामा एसइई परीक्षाका लागि हालसम्म भएको तयारी, सुरक्षा व्यवस्था, चुनौती र गर्नुपर्ने कामको विषयमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जानकारी दिँदै परीक्षालाई पूर्ण रुपमा मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरे । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले एसइई परीक्षामा परिक्षार्थीलाई मोबाइल लैजानमा पूर्ण रुपले रोक लगाउने बताए ।

विगतमा पनि परीक्षाकेन्द्र भित्र लैजान निषेध गरिएपनि सुरक्षा निकाय र गार्डलाई छलेर परीक्षार्थीले मोबाइल भित्रसम्म लग्ने गरेको पाइएको थियो । यस वर्ष भने कडाई गर्ने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

यस वर्षको एसइई परीक्षामा मधेश प्रदेशबाट ७९ हजार ९२ जना विद्यार्थी सहभागी हुँदै छन् । जसका लागि प्रदेशका ८ जिल्लामा २ सय ७६ वटा केन्द्र तोकिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध