जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकामा प्लान इन्टरनेशनल नेपालको सहयोगमा संचालित परियोजनाहरुको शुक्रबार संयुक्त अनुगमन गरिएको छ ।
जनकनन्दनी गाउँपालिकामा आसमान नेपाल, सामुदायिक परिवार कल्याण संघ(सीएफडब्लुए) र सामाजिक विकार र अनुसन्धान केन्द्र(एसडीआरसी) ले बालविवाह न्युनिकरण, सिकाई, नेतृत्व र निर्णय, बालप्रत्याभूत, बाल संरक्षण र बालबालिकाको सपना परियोजना संचालन गरेको छ । आसमान नेपालले संचालन गरेको सिकाई परियोजना अन्तर्गत ती पालिकाका सामुदायिक विद्यालयहरुको मोडेल कक्षा, बालविकास केन्द्र व्यवस्थापनमा काम गरेको छ । २०२२ मार्च महिनादेखि लागू भएको परियोजना अन्तर्गत आसमान नेपालले बाल विकास कक्षा व्यवस्थापन गर्नको लागि विभिन्न खेलकूद सामग्री, शैक्षिक सामग्री, शिक्षण सहजीकरण सामग्रीहरु प्रदान गरेको जनकनन्दनी गाउँपालिका–४ स्थित श्रीमावि खजुरी चन्हाकी बालविकास सहयोगी नमिता कार्कीले बताइन् । बालविकास कक्षामा कारपेट, बालबालिका पढ्ने राउण्ड टेबुल, खेलौनाहरु समेत उपलब्ध गराएको कार्कीले बताइन् । सामग्री व्यवस्थापन पछि बालबालिकाको संख्या बढेको उनले बताइन् । अहिले ती विद्यालयको बालविकास कक्षामा ९६ जना बालबालिका अध्ययनरत्त छन् । सिकाई परियोजना अन्तर्गत भौतिक पुर्वाधार मर्मतसम्भार, खानेपानी, शौचालय व्यवस्थापन कार्य समेत गरिएको आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादवले बताए । जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले परिवर्तनको संवाहक (सीओसी) कक्षाको समेत अनुगमन गरेको छ । कक्षामा अध्ययनरत्त विपाशा साहले बालविवाह हुँदा हुने शारिरिक र मांसिक पीडाबारे परिचित छिन् । पढाईसँगै घरेलु कामकाजमा सीमित रहेकी विपाशा कक्षामा सहभागी भएर बालविवाह गर्दा हुने पीडाबाट आपूmसँगै नाटकमार्पmत समाजलाई समेत सचेत गराउनमा लागिपरेकी छन् । उनको यो अभियानमा मनीषा कुमारी पण्डितले पनि साथ दिएकी छन् । कक्षामा पढ्न थालेपछि मान्छेले मान्छेसित कुरा गर्दा डराउनुपर्ने कुनै कारण नरहेको मनीषाको तर्क छ । मान्छे बाघ छैन् । त्यसैले निर्धक्क भएर कुराकानी गर्नुपर्छ, उनले भनिन–छोरी पनि ठूलो मान्छे बन्न सक्छन् । यसको लागि मिहिनेत र सचेत हुनुपर्ने धारणा उनको छ ।
समाजिक रुपान्तरणमा पनि आपूmहरुले सक्रिय भूमिका निर्वाह गर्ने तर्क निभा कुमारी पण्डितको छ । बालविवाह रोक्न सबै पक्ष एकजुट भएर अघि बढनुपर्ने धारणा निभाकोछ । आपूmले आप्mनो अभिभावकलाई सम्झाई बुझाई गरेर बालविवाह बाट बच्ने र समाजलाई पनि बचाउने कार्यमा अघि बढनुपर्ने निभा बताउँछिन् । वडा नं. ४ मा सामुदायिक परिवार कल्याण संघले संचालन गरेको नेतृत्व र निर्णय परियोजना अन्तर्गत संचालन गरेको कक्षामा सय जना किशोर किशोरीहरु अध्ययनरत्त छन् ।
परिवर्तनको संवाहक कक्षा अन्तर्गत जनकनन्दनी गाउँपालिकाको पाँच, विदेह नगरपालिकाको चार र शहीदनगर नगरपालिकाको दुई गरी १० वडाका हजार किशोरकिशोरीलाई नेतृत्व क्षमता विकास, लैंगिक समानता, प्रजनन स्वास्थ्य अधिकार, बालविवाह विरुद्धबारे जानकारी गराएको प्लान इन्टरनेशनल नेपालकी प्रसुन्न राईले बताइन् ।
अनुगमनमा जनकनन्दनी गाउँपालिका–४ का वडाध्यक्ष दिलिप यादव, प्रमुख प्रशासकीय अधिकृत अजोधी दास, जिल्ला स्वास्थ्य कार्यालयका अशोक कर्ण, जितेन्द्र कुमार ठाकुर, आसमान नेपालका दिलिप यादव, संजिव साह, सीएफडब्लुएका मिथिलेश गुप्ता, एसडीआरसीका सोन्फी साह लगायतको सहभागिता रहेको थियो ।