जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा नेकपा माओवादी केन्द्रमा सयौंको संख्यामा नेता कार्यकता पार्टी प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका प्रसाद यादवले नवप्रवेशीहरुलाई फुलमाला र अविर लगाएर पार्टी प्रवेश गराएका हुन् ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति) का वुवा बि एन(विद्यानन्द) झा र राजन मुक्तिको समर्थन तथा स्वकृती केन्द्र सदस्य अर्जुन भुजेल, दिपक यादवकोे नेतृत्वमा सयौंको संख्यामा नेताहरु तराई मुक्ति मोर्चा परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गराउँदै पूर्वमन्त्री समेत रहेका उपमहासचिव यादवले माओवादी केन्द्रलाई संघीयता पक्षधर बताए । उनले संघीयताको रक्षा गर्न नेकपा माओवादी प्रतिबद्ध रहेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शारदा पहाडी दास, नेकपा माओवादी केन्द्र धनुषाका जिल्ला संयोजक दिपक यादव, नेता सुरेश यादव, युवा नेता देब सागर दास,योङ्ग कम्युनिस्ट लिग नेपालका मधेस प्रदेशको सह संयोजक तथा धनुषा जिल्ला ईन्चार्ज सरोज यादव, धनुषा जिल्ला कार्यालय सचिज श्रीनारायण प्रतिहस्त , सुर्य नारायण मण्डललगायत माओवादी केन्द्रका नेता तथा कार्यक्रताहरुको समेत उपस्थिति रहेको थियो ।