जनकपुरधाम । मधेश प्रदेश सरकारका नव नियुक्त मुख्य न्यायाधीवक्ता बिरेन्द्र ठाकुरलाई नेपाल बार एसोसिएसन जनकपुरधामले बुधबार सम्मान गरेको छ । जिल्ला अदालत धनुषा, उच्च अदालत जनकपुरधाम, जिल्ला सरकारी वकिल कार्यालय एबम् उच्च अदालत सरकारी वकिल कार्यालयका कानून व्यवसायीहरुले संयुक्त रुपमा ठाकुरलाई सम्मान गरेको हो । मधेश प्रदेश सरकारले बिगतमा ल्याएको कानूनहरुको रक्षा, नयाँ कानूनहरुको निर्माण एबम् आवश्यकता परेको खण्डमा कानून संशोधनमा आफुले इमान्दारीताका साथ भुमिका निर्वाह गर्ने मुख्य न्यायाधीवक्ता ठाकुरले बताए ।