काठमाण्डौ । नवनियुक्त उपराष्ट्रपति रामसहायप्रसाद यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता तथा कार्यकारिणी समिति सदस्य यादव उपराष्ट्रपति पदमा निर्वाचित भएसँगै पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका हुन् । यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट दिएको राजिनामा स्वीकृत भएको जसपाले विज्ञप्तिमार्फत जनाएको छ ।
नवनियुक्त उपराष्ट्रपति यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लौनचौर पुगेर पदबहाली गरेका हुन् ।
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएको राजीनामा स्वीकृत भएको छ ।
जसपाका कार्यकारिणी सदस्य रहनुभएका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएको थियो ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले सोमबार उनको राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए । चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथसमेत लिएका थिए ।