Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै


प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार(आज) विश्वासको मत लिने भएका छन् । सरकारबाट नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रचण्डलाई प्रतिनिधिसभामा उपस्थित अधिकांश दलले विश्वासको मत दिएको थियो । सोमबार भने नेकपा एमाले र राप्रपाले विश्वासको मत नदिने भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । बैठकले विश्वासको मतका लागि आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिने उनले बताए । प्रतिनिधिसभाको यही चैत ६ गते बस्ने बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने भएका छन् ।

बैठकले प्रधानमन्त्री दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गर्नुका साथै प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षको लाइनमा बस्ने निर्णयसमेत गरेको उनले जानकारी दिए । बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएकामा उनीहरु दुवैलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेको छ । बैठकले क्रिकेटको विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै आगामी दिनको सफलताका लागि कामना गरेको छ ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

लोसपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ ।

“पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने बाटो खुल्नेछ”, नेता महतोले भने ।

बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ । यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बसेको थियो । लोसपाकोतर्फबाट प्रतिनिधिसभामा चार सांसद छन् । जनता समाजवादी पार्टी(जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी लगायतले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध