जनकपुरधाम । बालबालिकामा नैतिक शिक्षाको अभाव महशुस गरिरहेको बेला जनकपुरधामको गौरी माविमा अध्ययनरत्त छात्रछात्राहरुले शनिबार वृद्धाहरुलाई सम्मान गरेका छन् ।
ती विद्यालयका कक्षा ८ र ९ मा अध्ययनरत्त छात्रछात्राहरु शनिबार जानकी वृद्धाश्रम पुगेर उनीहरुलाई गमछाले सम्मान गरेका थिए ।
अघिल्लो समय बालबालिकामा नैतिकताको अभाव खडकिएको भन्दै सार्वजनिक रुपमा पुनः नैतिक शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्ने माग उठ्न थालेको छ । नैतिक शिक्षाको अभावमा समाजिमा विकृति मौलाएको नागरिक समाजका अगुवाहरुले गुनासो गरिरहँदा कक्षा ८ र ९ मा अध्ययनरत्त छात्रछात्राहरुले वृद्धाश्रममा रहेका वृद्धाहरुलाई सम्मान गरेका हुन् ।
शनिबार तिथिको आधारमा एकादसी समेत रहेकोले आमाहरुको उपवास भएको मौका छोपेर फलफुल, जुस र दुध समेत वितरण गरिएको छात्र अभिषेक यादवले बताए । सो अवसरमा विद्यालयका प्रअ बेदहरी आचार्यको समेत उपस्थिति रहेको थियो ।