जनकपुरधाम । धनुषामा स्कुल भ्यानले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ ।
धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरमा सञ्चालित इन्टरनेशनल बोर्डिङ स्कुलको भ्यानले ठक्कर दिँदा सबैला १३ किरतपुरका अनिल यादवका तीन वर्षीय छोरा अभिराज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बिहीबार बिहान १० बजेतिर विद्यार्थी लिन गइरहेको प्रदेश–२–०२–००१ च ००८४ नम्बरको स्कुल भ्यानले रघुनाथपुर चोकमा ठक्कर दिँदा बालकको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।