जनकपुरधाम । कमला सिचाई पश्चिमी नहर प्रणाली जल उपभोक्ता संस्था, धनुषाले सिचाई सेवा शुल्क संकलन र सदस्यता वितरण अभियान संचालन गरेको छ । हंसपुर नगरपालिका–६ सोनिगामास्थित बिहीबार संस्थाका पदाधिकारीसहित सरोकारबालाहरुले सामूहिक रुपमा अभियानको सुरुवात गरेका हुन् । एक सातासम्म संचालन हुने सदस्यता वितरण अभियानमार्पmत १० हजार किसानलाई संस्थामा जोडिने कमला सिंचाई पश्चिमी नहर प्रणाली जल उपभोक्ता संस्था, धनुषाका संयोजक गजाधर रोहिता यादवले बताए ।
यादवका अनुसार लामो समयदेखि संस्था समितिविहीन रहेको थियो । झण्डै १३ वर्षपछि किसानहरुले संस्थालाई जीवन्त पार्ने जमर्को गरेको संयोजक यादवले बताए । अहिलेसम्म डेढ हजार बढी सदस्य थप भइसकेको उनले जानकारी दिए । संस्थाले सदस्यता शुल्क १० रुपैयाँ र सिचाई सेवा शुल्क प्रति कठ्ठा १० रुपैयाँ निर्धारण गरेको छ । अहिले भने संस्थाले दुई वर्षको सिचाई शुल्क एक साथ र सदस्यता शुल्क संकलन गरिरहेको यादवले बताए । उक्त संस्था अन्तर्गत रहेको चार वटा शाखामा ५४ वटा उपशाखा रहेको छ । परबाहा शाखा अन्तर्गत रहेको हंसपुर–६ सोनिगामा उपशाखामा जोडिन वडाध्यक्ष सुरेन्द्र कुमार मण्डलले उपभोक्ताहरुमा आग्रह गरेका हुन् । बिहीबार बिहानदेखि सदस्यता लिनका लागि सोनिगामामा उपभोक्ताको भीड लागेको थियो । सदस्यता वितरणको लागि छुट्टाछुट्टै दुई वटा काउण्टर संचालन गरिएको थियो ।
संस्थाले आधिकारिकता प्राप्त गरेपछि देशी विदेशी दातृनिकायको सहयोग प्राप्त हुने विश्वास कमला सिचाई व्यवस्थापन कार्यालय पोर्ताहाका प्रमुख वीरेन्द्र कुमार यादवले बताए ।
यस प्रकारको प्रणालीहरु सरकारले संयुक्त रुपमा संचालन गर्न ल्याएको अवधारणा अनुरुप उपभोक्ताहरुलाई सक्रिय रुपमा यसमा आवद्ध हुनको लागि आग्रह गरे । उनीहरुबाट सदस्यता र सिचाई सेवा वापत संकलन गरिएको शुल्कको केही प्रतिशत रकम सरकारको खातामा जाने गरेको छ भने बढी संस्थाकै विकासको लागि उपयोग हुने गरेको जानकारी उनले दिए ।
सिचाईको सेवा लिए वापत बुझाएको शुल्कले संस्थाले थप क्रियाकलाप गर्न सक्ने छ, उनले भने–संस्थामा समिति नहुँदा हाल कुनै प्रकारको सहयोग प्राप्त भइरहकेको छैन् । चैत महिनाभरिमा सदस्यता वितरण कार्य सम्पन्न गरेर बैशाख महिनामा नयाँ कार्य समिति छनौट प्रक्रिया अघि बढाउने तदर्थ समितिका संयोजक गजाधर रोहिता यादवले बताए ।
पहिलो सर्वसम्मतले समिति चयन गर्ने प्रयास गरिन्छ, उनले भने–नभए लोकतन्त्रको सुन्दरता रहेको निर्वाचन प्रक्रियाबाट अघि बढिन्छ ।
परबाहासहित रघुनाथपुर, महिनाथपुर र खजुरी शाखा अन्तर्गत ५२ वटा उपशाखा रहेको छ । ती उपशाखाहरुबाट सदस्यता लिएका उपभोक्ताहरु मतदाता हुन्छ । सो अवसरमा संस्थाका तदर्थ समिति सदस्य मेथुर यादव, मूल समितिका पूर्व अध्यक्ष सुरेश यादव लगायतले उपभोक्ताहरुलाई सदस्यता लिनका सार्थ जग्गाको यथार्थ सिचाई शुल्क बुझाउनको लागि आग्रह गरे । जग्गा लुकाउने उपभोक्तालाई पछि एकमुष्ट सिचाई सेवा शुल्क तिर्नुपर्ने भएकोले आ आप्mनो जग्गाको सेवा शुल्क बुझाउन उनीहरुले आग्रह गरे ।