जनकपुरधाम । आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको तयारीको क्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले बुधबार धनुषामा छलफल गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको उम्मेदवारलाई विजयी बनाउन सम्बन्धित सबैमा सहमहामन्त्री यादवले आग्रह गरेका हुन् । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको अध्यक्षतामा भएको छलफल कार्यक्रममा पूर्व मन्त्री समेत रहेका सहमहामन्त्री यादवले नेविसंघका उम्मेदवारलाई विजयी गराउन सबैमा आग्रह गरेका थिए ।
जनकपुरधाममा बुधबार भएको कार्यक्रममा चुनावी रणनीतिको बिषयमा बिस्तृत छलफल भएको छ । सो कार्यक्रममा पुर्व मन्त्री यादवसहित पार्टी नेता, कार्यकर्ता ,भातृ संघसंगठन का पदाधिकारी र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा समन्वयको भूमिका निर्वाह गर्नको लागि नेपाली कांग्रेस केन्द्रीय समितिले सहमहामन्त्री यादवलाई जिम्मेवारी तोकेको छ । उनले धनुषामा नेपाल विद्यार्थी संघका उम्मेदवारहरुलाई विजयी गराउन छलफललाई अगाडि बढाएका हुन् ।