काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी(जसपा) नेपालका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उपराष्ट्रपतिका उम्मेदवार यादव मत माग्नका लागि सोमबार भेट्न गएको बेला सभापति देउवाले सो प्रतिबद्धता जनाएका हुन् ।
सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका साझा उम्मेदवार यादवलाई चैत ३ गते हुने निर्वाचनमा सहयोग गर्न आग्रह गर्दै जसपाका नेताहरूले सभापति देउवालाई भेटेका हुन् ।
भेटघाटका क्रममा सभापति देउवाले संघीयता, गणतन्त्र, लोकतन्त्र र देशको हितका निमित्त आफ्नो र आफ्नो दलको सम्पूर्ण मत सत्ता गठबन्धनका साझा उम्मेदवार यादवलाई जाने प्रतिबद्धता व्यक्त गरेको जसपाका नेता प्रदीप यादवले बताए । देउवासँग देशको वर्तमान राजनीतिक स्थितिलगायत अन्य समसामायिक विषयमा पनि छलफल भएको उनले बताए ।
उपराष्ट्रपतिका उम्मेदवार यादवले यसअघि सोमबार नै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटेका थिए ।
उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव आफ्नो लागि मत माग्नका लागि प्रधानमन्त्री प्रचण्डकहाँ पुगेका थिए । सरकारी निवास बालुवाटार पुगेर जसपा उम्मेदवार यादवले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसित मत मागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आपूmहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
जसपाका कार्यकारिणी सदस्य समेत रहेका उपराष्ट्रपतिका उम्मेदवार यादवले यसअघि सोमबार बिहान नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर मत मागिसकेका छन् । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट गरी मत मागेका थिए ।
उनी सोमबार अध्यक्ष नेपालको निवास पुगेर नेपाल र उनको दलसँग उपराष्ट्रपति पदका लागि आफूलाई मत मागेका हुन् । त्यस अवसरमा यादवको साथमा रहेका सांसद प्रदीपकुमार यादवले भने, “रामसहायजीसहित हामीले एकीकृत समाजवादीका नेता माधव नेपाललाई भेटेर मत मागेका छौँ, अब अन्य दलसँग पनि मत माग्न जान्छौँ ।”
आफू गठबन्धनको साझा उम्मेदवार भएकाले सत्ता गठबन्धनमा सहभागी सबै दलको आफूलाई सहयोग रहने उनले बताए ।
अन्य दलसँग पनि समय लिन लागेको बताउँदै उनले सम्भवतः दलका नेता तथा सांसदसँग भेट्ने बताए । आफू गठबन्धनको साझा रहेको बताउँदै सम्पूर्ण दल आफूलाई सहयोग गर्ने उनले बताए ।