जनकपुरधाम । नेपाल शिक्षक संघ धनुषाको अध्यक्षमा पुनः रामसिनेही यादव चयन भएका छन् । उनी लगातार दोश्रो कार्यकालको लागि सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
नेपाल शिक्षक संघ धनुषाको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष यादवसहित नयाँ कार्य समितिको घोषणा गरिएको हो । नेपाल शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष मेघनाथ यादवको प्रमुख आतिथ्यमा नयाँ कार्य समितिको घोषणा गरिएको हो ।
गएको फागुन १३ गते जनकपुरमा सम्पनन संघको नवौं जिल्ला अधिवेशनले कानून व्यवसायी हरिशचन्द्र ठाकुरको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको थियो । यसअघि २०७४ मा यादव सर्वसम्मत नेपाल शिक्षक संघ धनुषाको अध्यक्ष चुनिएका थिए । यादव यसअघि पनि संघको सचिवमा दुई कार्यकाल निर्वाचित भएका थिए ।
समितिले दुई साता लगाएर नेपाल शिक्षक संघमा सर्वसम्मत नयाँ कार्य समिति चयन गराएको हो । समितिको महिला उपाध्यक्षमा सुनिता कुमारी सिंह, उपाध्यक्षमा रामइश्वर यादव, सचिवमा सोभन साह, सचिव(अर्थ) मा रामचन्द्र महतो, सहसचिव(महिला) पुनम कुमारी यादव, सहसचिवमा दिनेश झा, सह सचिव अर्थ (महिला) मा निता भारती र सहसचिव (समावेशी) मा श्रवण माझी र सुदिप कुमार मण्डल रहेका छन् । जिल्ला कार्य समितिका पदेन सदस्यहरुमा १८ वटै पालिकाकाबाट चन्द्रलाल यादव, संजय कुमार यादव, रामप्रसाद खरेल, रामशंकर यादव, गौरीशंकर लाल कर्ण, मेथुर प्रसाद यादव, राघवेन्द्र प्रसाद सिंह, नितेश्वर प्रसाद सिंह, रामवरण यादव, राजदेव मण्डल, मुनेश्वर यादव, सुनिल कुमार यादव, रामदेव पुर्वे, शिवचन्द्र यादव, रामनारायण मण्डल, रामकिशोर यादव, रतनेन्द्र पाण्डे र रामदुलार महतो रहेका छन् । यस्तै सदस्यहरुमा सीमा कर्ण, गीता सिंह, चेतना यादव, भरत सहनी, संजिव कुमार यादव, प्रमोद लाल कर्ण र जयनाथ यादव रहेका छन् ।
घोषणा कार्यक्रममा निर्वाचन समिति सदस्यहरु सुनिल कुमार यादव, रमा सिंह, राजेन्द्र प्रसाद सिंह लगायतको उपस्थिति रहेको थियो । देवेन्द्र यादवको अगुवाईमा रहेको सर्वसम्मत चयन समितिले संघका धनुषा जिल्ला कार्य समितिका नयाँ पदाधिकारी र सदस्यहरुको नाम घोषणा गरेका थिए ।