जनकपुरधाम । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि राराब क्याम्पस जनकपुरधाममा विभिन्न संगठनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल विद्यार्थी संघबाट सभापतिका उम्मेदवार मनिष कुमार यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् । नेवि संघको तर्पmबाट सभापतिमा मनिष कुमार यादव, सचिवमा रंजित कुमार मण्डल र कोषाध्यक्षमा राकेश कुमार सिंहले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै सदस्यहरुमा सोनु झा, नविन कुसियैत यादव, जितेन्द्र यादव, रोशनी कर्ण, मुन्ना कुमार प्रधान, विकास साह, दिपेन्द्र महतो र अभिशेष शर्माले उम्मेदवारी दर्ता गराएका छन् । समानुपातिक सदस्यको लागि राजेश कुमार कर्ण, सुशिल अधिकारी, रन्जना यादव, उमेश कुमार मण्डल, युगान्धर बाबू साह, दिपक साह, वाल्मीकि कुमार साह, मनिषा यादव, दिपेन्द्र राउत र राम नविन राय अमात्य लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
संयुक्त विद्यार्थी गठबन्धनबाट गौतम
यस्तै, संयुक्त विद्यार्थी गठबन्धनको तर्पmबाट सभापतिमा गौतम यादव चोरबारको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
सचिवमा अजय सिंह कुशवाहा र कोषाध्यक्षमा निरज कुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका हुन् । सदस्यहरुमा रुपेश कुमार यादव, अभिनाश मण्डल, रवि चौधरी, दयानन्द झा, ऋषि कुमार साह, विकि साह, मिनु झा, मेनुका कार्कीले उम्मेदवारी दिएका छन् । यस्तै समानुपातिक सदस्यतर्पm राजु प्रतिहस्त, वृषेश अधिकारी, रामपुकार महतो, अमरावति यादव र काजल अधिकारी रहेका छन् ।
लोकतान्त्रिक विद्यार्थी संघबाट प्रशान्त कुमार झाको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।
लोकतान्त्रिक विद्यार्थी संघबाट सभापतिमा प्रशान्त कुमार झा, सचिवमा करन साह र कोषाध्यक्षमा अजय कुमार पण्डितले उम्मेदवारी दिएका छन् । यस्तै सदस्यहरुमा धिरेन्द्र महतो, अंकित कुमार झा, सिद्धार्थ कुमार चौधरी, रिचा कर्ण, लक्ष्मी मिश्र, संतोष कुमार यादव, सरोज कुमार दास, चन्दन कुमार साहले उम्मेदवारी दिएका छन् । समानुपातिक सदस्यहरुमा गौतम झा, देवेन्द्र कुमार यादव, दिक्षा कर्ण, सोनु कुमार महासेठ, रोहित कुमार महरा, राजाबाबु दर्जी, सुमित कुमार साह, मिथिलेश कुमार पासवान, रुही कुमारी चौधरी, राजेन्द्र कुमार मण्डलले उम्मेदवारी दिएका छन् ।
यस्तै, विद्यार्थी जनमत संघले पनि राराब क्याम्पस जनकपुरधाममा उम्मेदवारी दर्ता गराएको छ ।
जनमत संघले सभापतिमा मो. इजाज मोमिनलाई उम्मेदवार बनाएको छ । सचिवमा अजय कुमार साह र कोषाध्यक्षमा सुमन कुमारी सिंहले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा राजिव कुमार साह, जयनाथ पण्डित, अनिश साह, रुबी कुमारी यादव लगायतले उम्मेदवारी दिएका छन् । समानुपातिकतर्पm सदस्यमा पनि जनमत संघले १० जनालाई उम्मेदवार बनाएको छ ।
स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैया कुमार पासवानले सभापतिमा उम्मेदवारी दिएका छन् । पासवान समूहबाट सचिवमा राजेन्द्र दास र कोषाध्यक्षमा सिखा कर्णले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै राष्ट्रिय विद्यार्थी परिषद्बाट अभिशेष साहले सभापतिमा उम्मेदवारी दिएका छन् ।