जनकपुरधाम । मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मिथिला मध्यमा परिक्रमा आइतबार(आज) भारतको बिसौल पुग्ने भएको छ ।
शनिबार रात्रि भारतको करुणामा विश्राम गरेर आइतबार बिहान परिक्रमाको डोलासहित यात्री बिसौल पुगेको हो ।
गएको फागुन ८ गते धनुषाको मिथिलाबिहारी नगरपालिका–८कचुरी मठबाट मिथिला बिहारी र अग्नीकुण्डबाट किशोरीजीको डोला निक्लेपछि परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।
नेपाल र भारतको विभिन्न १५ स्थानको परिक्रमा गरेर डोलाले फागू पूर्णिमाको दिन अन्तगृह परिक्रमा गरेपछि परिक्रमाको समापन हुनेछ ।
‘जय सिया राम, जय सीताराम’को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतलध्वनिसँगै श्रद्धालुहरू श्री मिथिला बिहारीका डोलाका पछि पछि श्रद्धाभक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जोकोहीलाई मोहित पार्छ ।
जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिलाबिहारी मन्दिरबाट भगवानश्रीरामको डोलाआजजनकपुरधामको हनुमानगढीको लागि प्रस्थानगर्ने छ । मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमा गर्ने गरिन्छ ।
१५ दिने मिथिला मध्यमा परिक्रमालाई नेपालकै सबैभन्दा लामो दूरीको धार्मिक यात्रा मानिएको छ । डोलासहित तिर्थालुहरुले नेपालको धार्मिक ऐतिहासिक धार्मिक स्थलहरुको १ सय ७ र भारतको २६ किलोमिटर गरी जम्मा १ सय ३३ किलोमिटरको पैदल परिक्रमा गर्नेछ ।
कचुरीबाट निस्केको डोलासहित तिर्थालुहरु राति जनकपुरधामको हनुमान गढीमा विश्राम गर्नेछन् । फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर भारतको कल्याणेश्वरतर्पm प्रस्थान गरेका थिए ।