जनकपुरधाम । महोत्तरीको कारिक बाबा(पडौल स्थान) मा शनिबारदेखि स्वच्छता अभियान सुरु भएको छ ।
हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पडौल स्थानमा शनिबार आयोजित एक कार्यक्रमका बीच जनता समाजवादी पार्टी(जसपा) मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक रामअशिष यादवले उद्घाटन गरेका छन् ।
पडौल स्थान स्वच्छता अभियानलाई स्थानीयहरुले निरन्तरता दिने छन् ।
महोत्तरी जिल्लाको बलबा नगरपालिकामा रहेको पडौल स्थानमा भाकल गरेको श्रद्धालु भक्तजन बोका चढाउने गरेका छन् । अन्य मठ मन्दिरको तुलनामा कारिक स्थानमा भने फरक परम्परा रहेको छ । भाकलको बोका चढाएर त्यही ग्रहण गर्ने चलन छ ।
धनुषा, महोत्तरी, सिरहा, सर्लाही लगायत भारत बिहार राज्यको विभिन्न जिल्लाहरुबाट आउने श्रद्धालु भक्तजनको भीडले कारिक स्थान फोहोर हुने गरेको छ ।
श्रद्धालु भक्तजनले प्लास्टिकको बोतल, प्लास्टिक ग्लास, पोलिथिन तथा अन्य सामग्रीले कारिक स्थानमा फोहोरको समस्या देखिएको छ ।
कारिक स्थानमा सफाई अभियान संचालन गर्न अभियानीहरु अगाडि आएका छन् ।
प्रदेश सभा सदस्य यादवले वृक्षारोपण गरी स्वच्छता अभियानको सुरुवात गरेका हुन् ।
सो अवसरमा मधेश प्रदेश मुख्यन्यायाधीवक्ता बीरेन्द्र कुमार ठाकुर, वृक्ष मानव सुरेश शर्मा, बलबा नगरपालिकका प्रमुख राम विनय महतो
लगायत वडा अध्यक्षहरु, प्रहरी प्रशासन, स्थानीयबासी बुद्धिजिवी तथा अन्य संस्थाबाट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।