जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई अधिकार दिनुपर्ने बताएका छन् । जनकपुरधाममा बुधबार मधेश प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै अध्यक्ष यादवले वर्तमान सरकारको भविष्य दुईवटा कामले निर्धारण गर्ने बताए । उनले भने, ‘अहिलेको सरकारले दुईवटा काम तत्काल गर्नुपर्छ । संघीय निजामति ऐन यथाशीघ्र पारित गरेर प्रदेश कर्मचारीतन्त्र स्थापना गर्नुपर्छ, उनले भने– प्रहरी समायोजन गरेर प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने तत्कालको आवश्यकता छ ।’ यो दुईवटा कामले मात्र प्रदेश सरकारको भविष्य निर्धारण हुने उनको भनाइ छ । प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र श्रोतसाधन नहुँदा काम गर्न अप्ठ्यारो भइरहेको उनको भनाइ छ । उनले संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणली हुनै नसक्ने दाबीसमेत गरे ।
संघीय निजामति ऐन सदनबाट पारित गरी कार्यान्वयन गर्नुपर्ने मागसमेत उनले गरेका हुन् ।
‘एउटा आर्मीको गार्ड लिएर घुम्नाले सरकार हुँदैन । आफ्नो प्रहरी प्रशासन, कर्मचारी, कानुन, अदालत र स्रोत चाहिन्छ’ यादवले भने । उनले अब पूर्वदेखि पश्चिमसम्मको मधेसका लागि सर्घष हुनेसमेत बताए । अध्यक्ष यादवले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई कसैले समाप्त गर्न नसक्ने बताए । निरपेक्षताको विकल्प अरू केही हुन नसक्ने बताए ।
उनले सङ्घीयतालाई मजबुत बनाउनका लागि संघीय निजामती ऐन शीघ्र आउनु पर्ने र प्रदेश प्रहरीको समायोजन हुनुपर्ने बताउँदै अब बन्ने सरकारको भविष्य यसैमा निर्धारण हुने दाबी गरे ।
नेपाल र नेपालीभाषा भन्दा सयौं वर्ष पुरानो इतिहास रहेपनि मिथिला र मैथिली संस्कृती लोप हुदै जानु दुर्भाग्यपुर्ण रहेको उनले बताए ।
अध्यक्ष यादवले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको सङ्घीयता, गणतन्त्र र धर्म
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेश सरकारले विगतमा खोलेका धेरै विश्वविद्यालय प्रतिष्ठानका पदाधिकारीहरू काम भन्दा बढी सुविधामा लागेकाले अपेक्षित परिणाम प्राप्त हुन नसकेको बताए ।
मधेश प्रदेशका सामाजिक विकासमन्त्री सुरिता कुमारी साहले भाषा संस्कृतिको विकासका लागि मधेश प्रज्ञा प्रतिष्ठानले काम गर्ने विश्वास व्यक्त गर्दै मधेश आन्दोलनको कारणले नै प्रतिष्ठान स्थापना भएको बताए ।
मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले भाषा, साहित्य र संस्कृति समाप्त भयो भने सबै थोक समाप्त हुने चर्चा गर्दै मधेश प्रदेशको भाषा, साहित्य तथा संस्कृतिको विकासमा प्रतिष्ठानले काम गर्ने विश्वास व्यक्त गरे ।
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता विरेन्द्र कुमार ठाकुरले मधेश प्रज्ञा प्रतिष्ठानले यस क्षेत्रको भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा संवर्द्धनमा योगदान दिने विश्वास व्यक्त गरे ।
मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले मधेश प्रदेशमा बोलिने ८९ मातृभाषाको संरक्षण तथा विकासका लागि काम गर्ने बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई, प्रतिष्ठानका सदस्य द्वय गोपाल ठाकुर र दिनेश कुमार यादवले मधेश प्रज्ञा प्रतिष्ठानले मधेश तथा मधेशमा बोलिने भाषा, साहित्य संस्कृतिको विकासका साथै अनुसन्धानका क्षेत्रमा विशेष रुपमा काम गर्ने बताए ।
प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडिको अध्यक्षतामा भएको कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, सामाजिक विकास मन्त्रालका सचिव लक्ष्मी भट्टराई, मधेश सरकारका मुख्यन्यायाधिवक्ता विरेन्द्र ठाकुर, प्रष्ठिानका सदस्यद्वय गोपाल ठाकुर र दिनेश यादव सहितको उपस्थिती थियो ।