राजविराज । सप्तरीमा मंगलबार बिहान र सोमबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–९ विष्णु मन्दिर नजिक बिहान २ बजेर ४० मिनेटमा कार र पिकअप एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १८ च ६६१७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको घोडा बोकेको पिकअप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।प्रहरीका अनुसार मृत्यु हुनेमा कारमा सवार रहेका सुनसरीको दुहबी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमारी चौधरी र सोही स्थानका ४५ वर्षीय हरेराम साह हलुवाई रहेका छन् ।
यस्तै, सोमबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका –३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारको ठक्करले नाम खुल्न नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जी जे १०–बिजी–८१३३ नम्बरको भारतीय नम्बरको कारको ठक्करले घाइते भएका ती पुरुषलाई उपचारका लागि भारदह अस्पताल पु¥याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने कार र चालक बिहारको सुपौल जिल्ला भीमनगरका राहुल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।