जनकपुरधाम । नेपाल कराँते महासंघ धनुषा जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
जिल्लाका कराँते प्रशिक्षक, खेलाडीहरुको भेलाले वीरेन्द्र कर्णको अध्यक्षतामा ७ सदस्यीय धनुषा जिल्ला तदर्थ समिति गठन गरिएको हो ।
नेपाल कराँते महासंघ धनुषा जिल्ला तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा अखिल मढी, उपाध्यक्षमा रामपुनित महतो, महासचिवमा सुभाष कुमार शर्मा र कोषाध्यक्षमा शिव शंकर यादव रहेका छन् ।
त्यस्तै सदस्यहरुमा ईसराफुल राईन र राजकुमार साह रहेका छन् भने सल्लाहकारमा सुभाष पाठक रहेको छ ।
वीरेन्द्र कर्णको अध्यक्षता तथा जिल्ला वरिष्ठ प्रशिक्षक तथा मधेश प्रदेशका प्रमुख रामचन्द्र ठाकुरको प्रमुख आतिथ्यमा जिल्ला तदर्थ समिति गठन गरिएको हो ।
बैठकले प्रदेश प्रतिनिधिहरुमा रामचन्द्र ठाकुर, जिबछ भगत, पाल्छ्ङ योन्जन र निश्चल सिंहलाई सिफारिस गरिएको छ ।