जनकपुरधाम । धनुषा प्रहरीले बीयरसहित पेय पदार्थ बोकेको पिकअप गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान मुखियापट्टी मुसहर्निया गाउँपालिका वडा न. ३ तुलसियाही बजारस्थित पिकअप गाडिमा विभिन्न किसिमको रक्सी, बीयर र जुस विक्रि वितरण गरिरहेको छ भन्ने गोप्य सुराकीको आधारमा प्रहरी चौकी तुलसियाहीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
गाडीका चालक महोत्तरी जलेश्वर न.पा वडा न. २ बस्ने २६ वर्षीय विवेक प्रसाद कोईरालालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले चलाएको ज १ च १८६१ न.को पिकअप गाडिमा विभिन्न किसिमको बीयर, जुस तथा अन्य पेय पदार्थहरु वोकी विक्रि वितरण गरि रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त गाडीमा रहेको पेय पदार्थ तथा बीयर समेतको आवश्यक कागजात माग गर्दा विल विजक नभएकोले सो सामान र बलेरो पिकअप गाडीसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कार्यालयमा ल्याई गाडी सहित उक्त सरसमानहरू बाईस लाख सोह्र हजार आठ सय नौ मुल्य कायम गरि आवश्यक कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालय जनकपुरमा पठाईएको छ ।