जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सबैला नगरपालिका अमरखाना बस्ने चन्देश्वर यादवका २३ वर्षीय छोरा अजय कुमार यादव छन् ।
विपरित दिशाबाट आइरहेको मोटरसाइलले अर्को मोटरसाइकललाई ठक्कर दिंदा युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।
सबैला नगरपालिका–९ कुशमाहा सतोषर र गेरुवाहिकोबीचमा रहेको परिक्रमा सडकखण्डमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
दुर्घटनामा परी एकजनाको खुट्टा पूर्णरुपमा फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शनिबार दिउँसो १ बजेतिर भएको उक्त दुर्घटनामा सबैला नगरपालिका–७ चौरियामटहि बस्ने जितु ठाकुर बरहि र सोहि नगरपालिका वडा नम्बर–५ मखनाहा बस्ने २२ वर्षीय सुरज मण्डलको अवस्था गम्भिर रहेको प्रहरीले जनाएके छ ।
दुर्घटनामा परी घाइते भएका सबैला नगरपालिका–१० बस्ने २५ वर्षीय मनोज यादव र २४ वर्षीय रविन्द्र मण्डलको अवस्था भने सामान्य रहेको छ ।