जनकपुरधाम । मिथिला मध्यमा परिक्रमाको डोलालाई बेल्ही समाज सेबा समितिले स्वागत गरेको छ । सोमबार बिहान धनुषाको कचुरीबाट उठेको मिथिला बिहारीको डोलालाई समितिले बेल्हीमा स्वागत गरेको हो ।
सोमबार बिहान कचुरीस्थित मिथिला बिहारी मठबाट उठेको डोला बेल्ही आइपुग्दा समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
समितिका अध्यक्ष गणेश यादबको नेतृत्वमा परिक्रमा यात्रीलाई भोजन तथा सम्मान गरिएको थियो । सो अवसरमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शेष नारायण यादव, नेपाली कांग्रेसका युवा नेता बजरंग यादव, सुरेश कोइराला, घनश्याम यादव, हरि शंकार यादव, अभिषेक यादव, करन साह सहितको उपस्थिति रहेको थियो । मिथिला बिहारीको डोला सोमबार अग्नीकुण्ड पुगेका थिए । अग्नीकुण्डमा किशोरीजीको डोलासहित जानकी मन्दिर हुँदै परिक्रमा यात्री रात्रि विश्रामको लागि हनुमानगढी पुगेका छन् । परिक्रमाको डोला हनुमानगढीबाट मंगलबार बिहान भारतको कल्यानेश्वरको लागि प्रस्थान गर्ने छन् ।