जनकपुरधाम । ‘मधानी’ यज्ञ रौतहटको मौलापुर नगरपालिकामा शुक्रबारदेखि शुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘मधानी’ यज्ञको शुभारम्भ गरेका हुन् । महाशिवरात्रि पर्वको उपलक्ष्यमा जिल्लाको मौलापुर नगरपालिकास्थित पतौरको शिव मन्दिरमा आयोजना गरिएको यज्ञको उनले दीप प्रज्ज्वलित गरेर सुरुआत गरे ।
उपराष्ट्रपति पुनले पतौर शिव मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने प्रतिबद्धता जनाए । उनले कालरात्रि र शिवरात्रि हिन्दूहरूका महान पर्वका रुपमा रहेको र शिवरात्रिका दिन मधानी यज्ञ हुनु राष्ट्रका लागि शुभ सङ्केत भएको बताए ।
मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बम्ह, विष्णु र महेशश्वर भगवान् जन्म भएको पतौरा मन्दिरमा मधानी यज्ञ भएकामा मौलापुरवासी भाग्यमानी भएको बताए । मधेश प्रदेशका पर्यटन एवं उद्योगमन्त्री सुनिता यादवले मधेशमा रहेका मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न अध्ययन भइरहेको बताए ।