जनकपुरधामको विकासमा सहयोग गर्ने मुख्यमन्त्री यादवको प्रतिबद्धता
जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले उपभोक्तालाई किनमेल गर्नको लागि भारतीय सीमावर्ती बजारमा जानुपर्ने बाध्यता हटाउन जनकपुरधामका व्यापारीहरुमा आग्रह गरेका छन् ।
यहाँका उपभोक्ता जनकपुरधाम भन्दा बढी सीमावर्ती बजारमा देखिन्छ, उनले भने–यसको कारण व्यापारीहरुले खोज्नुपर्छ ।
शुक्रबारदेखि जनकपुरधामको तिरहुतिया गाछिमा शुरु भएको जनकपुरधाम व्यापार मेला–२०७९ को उद्घाटन गर्दै यहाँका व्यापार क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताउँदै उनले गलत गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिए । जनकपुरधाम आउने पर्यटकहरु बास बस्नको लागि बर्दिबास किन जाने गरेका छन् ? यसको कारण खोतल्नको लागि मुख्यमन्त्री यादवले व्यापारीहरुमा आग्रह गरे । राम्रो काम गर्नेलाई सहयोग गर्छु, उनले भने–उपभोक्ता ठगी गर्नेलाई कारबाही पनि गर्छु । जनकपुरधामको विकासको लागि आपूm प्रतिबद्ध रहेकोले यसमा व्यापारीहरुले पनि सहयोग गर्नुपर्ने धारणा उनको थियो ।
जनकपुरमा अघिल्लो समय ठगी बढेको जनगुनासो छ । आपूmखुशि भाउमा सामान विक्रि भइरहेकोले जनकपुरमा सामान किनमेल गर्न उपभोक्ता विच्किएका छन् । जनकपुरधामलाई राजधानीको रुपमा विकास गर्न आपूm प्रतिबद्धता रहेको मुख्यमन्त्री यादवले थपे ।
मुख्यमन्त्री यादवले जनकपुरधामलाई राजधानीको रुपमा विकास गर्नको लागि जनकपुरधाम उपमहानगरपालिकासित समन्वय गरेर अघि बढ्न तयार रहेको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयरसित यस विषयमा निरन्तर छलफल भइरहेको उनले बताए ।
जनकपुरधामलाई राजधानीको रुपमा विकास गर्नमा प्रदेश सरकारले हरसम्भव सहयोग गर्ने उनले दोहोर्याए ।
जनकपुरधामलाई राजधानी बनाउनमा पनि आपूmले सक्रिय भूमिका निर्वाह गरेको छु, उनले भने–राजधानीको रुपमा विकास गर्नको लागि आपूm सक्रिय हुन्छु ।
धनुषा र महोत्तरी बाहेक अन्य ६ जिल्लाका माननीयज्यूहरुले राजधानी जनकपुरधामलाई चाहेको थिएन्, उनले स्मरण गर्दै भने–तर, आपूm जनकपुरको पक्षमा रहेकोले एक÷एक माननीयज्यूहरुसित छलफल गरेको थिए ।
प्रदेशको नामाकरणमा केन्द्रले आप्mनो सांसदलाई दिएको निर्देशन विपरित पहिचानसहितको नामाकरण मधेश प्रदेशको पक्षमा मतदान गरेको उनले सम्झे । गत वर्ष माघ ३ गते अबेर साँझ प्रदेशको नाम र राजधानीको टुंगो लागेको थियो ।
मधेश प्रदेशका एक÷एक जनता संघीयताको पक्षमा रहेको दावी गर्दै उनले प्रहरी समायोजन ऐन र निजामती कर्मचारी ऐन पारित गरेर आप्mनो जिम्मा लगाए केही घण्टामै प्रदेशमा अपराधिक क्रियाकलाप र आर्थिक अनियमितता नियन्त्रण गर्ने दावी गरे ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले जनकपुरधामको विकासको लागि गुरु योजना तयार गर्नुपर्ने बताइन् । जनकपुरधाममा आयोजना हुन लागेको व्यापार मेलाले कोभिड–१९ पछि थला परेको यहाँको व्यापार क्षेत्रमा उर्जा थप्ने विश्वास व्यक्त गरिन् । यस्तो आर्थिक मन्दीको बेला जनकपुरधामका व्यापारीहरुले मेला आयोजना गरेर व्यापार क्षेत्रलाई पुर्नउत्थान गर्ने जमर्को गरेको तर्क उनको थियो ।
सो अवसरमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई. बसन्त कुशवाहाले कृषि जन्य आयात घटाउनको लागि स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड दिए । प्रदेशमा गठबन्धन सरकार भएपनि एउटा टिमको रुपमा आपूmहरु अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।
सामाजिक विकास मन्त्री सुरिता साहले जनकपुरधाम व्यापार मेला मधेश प्रदेशलाई समृद्ध बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्ति गरिन् । व्यापार क्षेत्रलाई अगाडि नबढाएसम्म प्रदेश समृद्ध हुन नसक्ने तर्क गर्दै उनले यसको लागि व्यापार क्षेत्रलाई अगाडि बढाउनै पर्ने बताइन् । प्रदेशसभा सदस्य रामअशिष यादवले व्यापार क्षेत्रको विकास विना प्रदेशको विकास सम्भव नरहेको बताए । यसको लागि व्यापार क्षेत्रको विकासलाई अगाडि बढाउनुपर्ने तर्क उनको थियो ।
सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले जनकपुरधामलाई सफा शहर बनाउनमा सहयोगको लागि आग्रह गरे । आ आप्mनो व्यापारिक प्रतिष्ठानको फोहोर जथाभावी नफालेर व्यवस्थापन गरेर राख्नको लागि उनले आग्रह गरे ।
दिपेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, निवर्तमान प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । फागुन १४ गतेसम्म चल्ने जनकपुरधाम व्यापार मेलामा १ सय ३० वटा स्टलहरुमा देशी तथा विदेशी उत्पादनहरु राखिएको छ । २० देखि ४० हजारसम्ममा मेलामा स्टल विक्रि गरिएको छ । मेलामा मनोरंजनको समेत व्यवस्था गरिएको छ । बालबालिकाको लागि विभिन्न खेलकूदसहित मनोरंजनको व्यवस्था गरिएको हो भने सांस्कृतिक कार्यक्रमले आगन्तुकहरुलाई थप मनोरंजन प्रदान गर्ने भएको छ ।
तिरहुतिया गाछिमा शुरु भएको व्यापार मेलामा भारत,पाकिस्तान र बाग्लादेशका व्यापारीहरुले पनि स्टल लगाएका छन् । आर्थिक रुपमा थला परेको जनकपुरधामको व्यापार क्षेत्रमा मेलाले उर्जा थपिने विश्वास गरिएको छ ।