जनकपुरधाम । ‘जनकपुरधाम व्यापार मेला–२०७९’ शुक्रबार(आज) देखि शुरु हुने भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा व्यापार मेला आयोजना हुन लागेको हो ।
शुक्रबार एक कार्यक्रमका बीच मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गरेपछि व्यापार मेला शुरु हुने छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी र प्रतिष्ठानबीच अनुभव आदानप्रदान भई व्यापार, व्यवसायको विकासमा थप टेवा पुग्ने विश्वासका साथ व्यापार मेला आयोजना गरिएको छ ।
व्यापार मेला फागुन १४ गतेसम्म जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना हुने जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले जानकारी दिए ।
स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य लिइएको भए पनि मेलामा सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यापारीको सहभागिता रहने अध्यक्ष महासेठले जानकारी दिए ।
मेलामा एक सय ५० भन्दा बढी प्रदर्शनी कक्ष रहने आयोजकले जनाएको छ । एक लाखभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका महासचिव मनोजकुमार साहले बताए ।