जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपालले सर्लाही बहुमुखी क्याम्पस मलङ्गवा क्याम्पस इकाई कमिटी गठन गरेको छ ।
बिहीबार क्याम्पस प्राङ्गणमा विद्यार्थीहरुको भेलाले रामप्रवेश साहको नेतृत्वमा २१ सदस्यीय सर्लाही बहुमुखी क्याम्पस इकाई कमिटी गठन गरेको हो ।
समाजवादी विद्यार्थी युनियन नेपालले सर्लाही जिल्ला अध्यक्ष लालबाबु यादवको अध्यक्षता तथा प्रमुख अतिथि केन्द्रिय सचिवद्व्य सत्रुधन यादव र बलिराम कापरी तथा जसपा नेपाल सर्लाही जिल्ला अध्यक्ष बिरेन्द्र कुमार यादवको आतिथ्यमा सम्पन्न भेलाले सो कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा रंजन जयशवाल, अञ्जली झा, सचिवमा हेमन्त झा, सह–सचिवमा मो. उजाले राजा र आरोही यादव रहेका छन् । सदस्यहरुमा इश्वरलाल राय, बिद्यानन्द राय, बिपिन राय, बिल्टु पासमान, रबिकुमार पण्डित, लाल मोहम्मद बैठा, रोहित महतो, नितु महतो, रघुबीर यादव, समेन्द्र साह, मुन्ना चौधरी, सचिन यादव, लक्ष्मी कुशवाहा, संगिता यादव र पुजा कुमारी साह लगायतका छन् ।
भेलामा जसपा सर्लाही जिल्लाका नेता गणेशकुमार यादव, रणधिर कुमार यादव, युवाका जिल्ला सचिव सोहन झा, विद्यार्थीका जिल्ला सह–सचिव अमित मिश्र, विद्यार्थी नेता ललन यादव, धर्मेन्द्र यादव बिनोद जयशवाल सहित विद्यार्थी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेकोे थियोे ।