जनकपुरधाम । मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सांसदहरु मंगलबारदेखि प्रतिपक्षमा बसेका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा लोसपाका सांसदहरु प्रतिपक्षको कुर्सीमा बसेका थिए । उनीहरुले मुुख्यमन्त्री सरोज कुमार यादवलाई लिखित रुपमा समर्थन गरेका थिए । माघ ४ मा लोसपाले विश्वासको मत समेत दिएको थियो । तर, मंगलबारदेखि लोसपाका सांसदहरु प्रतिपक्षको कुर्सीमा बसेका हुन् । प्रदेशसभामा दाहिनेतर्पm सत्ता साझेदार दलका सांसदहरु र बायाँतर्पm प्रतिपक्षी दलका सांसदहरु बस्ने गरेका छन् । लोसपाका सांसदहरु मंगलबार बायाँतर्पmको लहरमा बसेका छन् । सरकारलाई नेपाली कांग्रेससहित सबै दलले विश्वासको मत दिएको थियो, लोसपा संसदीय दलका नेता अभिराम शर्माले भने–यसको अर्थ सबै दलको समर्थन रहेको हुँदैन् । विश्वासको मत र लिखित समर्थन एउटै कुरा रहेकाले आपूmहरु कांग्रेसका माननीयज्यूहरु बसेको लहरतिर बसेको हो । कांग्रेसले मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत दिए पनि लिखित समर्थन भने गरेको थिएन् । तर, लोसपाले जसपा नेतृत्वको सरकारलाई निशर्त समर्थन गरेका थिए । अभिराम शर्मा काठमाण्डौबाटै प्रदेशसभामा समर्थन पत्र पठाएका थिए । लोसपाले मन्त्री नपाउने भएपछि प्रतिपक्षतिर लागेको श्रोतको भनाई छ । शुरुमा लोसपालाई एक मन्त्रालय दिने सम्भावना रहेपनि सरकारमा सहभागी दलहरुले आपैmमा मन्त्रालय बाँडेपछि लोसपाको भागमा परेन् ।