बर्दिबास । महोत्तरीमा एक बालकलाई बन्धक बनाएर निर्घात कुटपिट गरिएको छ ।
बर्दिबास नगरपालिका १२ बस्ने १४ बर्षीय इन्द्रजित कुमार महतोलाई खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानीयले निर्धात कुटपिट गरेका हुन् ।
पीडित परिवारकाअनुसार स्थानीय युवाहरु रन्जित महतो, सन्जित महतो, हरि महतो, रामजन्म महतो, सुशील महतो र रन्जित चौधरीले बन्धक बनाएर कुटपिट गरेका छन् ।
कुटपिटबाट बालकको शरिरभरि निलडाम देखिएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार इन्द्रजितलाई मोटरसाइकलको पछाडि राखेर घिसार्दै सन्जित महतोको घरमा पु¥याएर करिब ६ घण्टासम्म यातना दिएका थिए ।
गएको माघ २३ गते बालकलाई निर्मम तरिकाले कुटपिट गरेको थियो ।
‘मलाइ बाइकमा घिसारेर सन्जित महतोको घरमा पु¥याए अनि डोरीले दुवै हात बाधेर झुण्ड्याएर कुटपिट गरे । खुकुरी देखाए, पैतालामा तारले कुटे, मलाई पानीमा मुन्टो डुवाए अनि पैतालामा पनि असहय हुनेगरी पिटे, टाउकोमा पनि औँठी लगाएको हातले जोडले मारे’ इन्द्रजितले भने ।
सो घटनापछि इन्द्रिजितकी आमा कोशिला देविलाई समेत घरमा आएर ती युवाहरुले अभद्र व्यवहार गरेको आरोप छ । कुटपिट गर्ने युवाहरुलाई कडा कारवाही गर्न इन्द्रजितको परिवारले माग गरेको छ ।
यता घटनाको भोलिपल्ट नै प्रहरी चौकी हात्तिलेटमा निवेदन दिएपनि प्रहरीले वास्ता नगरेको उनीहरुको आरोप छ ।
हात्तिलेट प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको विषयमा जानकारी भएपनि पीडित जाहेरी दिन नआएको बताए । तर पीडित पक्षले प्रहरी चौकीवाट ३ सय दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दावी गरेको छ ।
यता प्रहरी उपरिक्षक प्रकाश मल्लले घटनाको बिषयमा जानकारी लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने बताए ।