लालबन्दी । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको टोली आइतबार सर्लाहीको ईश्वरपुर आइपुगेको छ ।
अस्पतालले ईश्वरपुरको बयलवासमा आँखा उपचार केन्द्र संचालनका लागि केही दिनअघि सम्झौता गरेको थियो । नगरप्रमुख मनोजकुमार आचार्यको नेतृत्वमा नगरपालिकाको टोली भरतपुरमै पुगेर नेपाल नेत्रज्योति संघसँग सम्झौता गरेर फर्केको थियो ।
सो सम्झौता अनुसार बयलवासमा आँखा उपचार केन्द्र स्थापनाका लागि भरतपुरको टोली यहाँ स्थलगत निरीक्षणका लागि आइपुगेको हो । नगरपालिका कार्यालयले बयलवासमा रहेको नगर अस्पताल परिसरभित्रै आँखा उपचार केन्द्र संचालन गर्ने तयारी गरेको छ ।
भरतपुरबाट चिजा कुमार मास्के, कृष्णराज धरेल, डा. सोनु दुलाल र दयाशंकर चौधरी बयलवास आइपुगेको हो । उनीहरुलाई नगरपालिका कार्यालयमा मेयर आचार्यले दोसल्ला ओढाएर स्वागत गरेका हुन् ।
फागुन १० गतेभित्रमा आँखा उपचार केन्द्र संचालनमा ल्याउने गरी तयारी थालिएको मेयर आचार्यले बताए । नगरवासीलाई आँखाको उपचार गर्न भरतपुर वा टाढा–टाढा जानु नपरोस् भनी ईश्वरपुर नगरपालिकाले भरतपुर आँखा अस्पतालसँग समन्वय गरी यहीँ सोही अस्पतालका चिकित्सक राखेर आँखा उपचार केन्द्र संचालन गर्न लागेको हो ।
आँखा उपचार केन्द्र संचालनबापत नगरपालिकाले भरतपुर आँखा अस्पताललाई वार्षिक ६ लाख रुपैयाँ प्रदान गर्ने ५ वर्षका लागि गरिएको सो सम्झौता–पत्रमा