रौतहट । जनता समाजवादी पार्टी(जसपा) नेपाल रौतहटले गढिमाई नगर कमिटी गठन गरिएको छ ।
शनिबार आयोजित नगर स्तरीय अगुवा कार्यकर्ता भेलाले गढिमाई नगर तदर्थ समिति गठन गरेको छ ।
जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता तथा सामाजिक विकास राज्यमन्त्री अबुल कलाम आजाद(फुलबाबु) प्रमुख आतिथ्यमा शनिबार समनपुर बजारमा नगर स्तरीय अगुवा कार्यकर्ता भेलाले तदर्थ समिति गठन गरेको हो । जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय संगठन बिस्तारको क्रममा ३१ सदस्यीय गढीमाई नगरपालिका तदर्थ समिति गठन गरिएको हो । गढीमाई नगर तदर्थ समितिको अध्यक्षमा हरी किशोर साह, बरिष्ठ उपाध्यक्षमा रामज्ञा यादव, उपाध्यक्षमा राम सोगारथ सहनी, उपाध्यक्षमा राम सखी देवी, सचिवमा तपेन्द्र यादव, सह सचिवमा नवल किशोर दास(उपेन्द्र दास), सह सचिव– सेख असैलदुला (जर्नेल) र कोषाध्यक्षमा बिन्दु देवी ठाकुर चयन भएका छन् । यस्तै सदस्यहरुमा महेशी सहनी, रामबाबु साह, राम विश्वास राय यादव, नेमालाल साह, शम्भु राय, रामदेव राय, राम सागर राय यादव, मुकेश राय, रामप्रित राय यादव, असनी कुमार साह, मिथलेश देवी पासवान, जंगली देवान, मिठु पण्डित, रामबाबु सिंह, सकुर मियाँ, विजय तिवारी, ओपेन्द्र दास, राम एकवाल चौधरी, राम आनन्दी ठाकुर, हरे कृष्णा साह, नेमालाल साह लगायतका छन् ।
यस्तै गढीमाई नगर इन्चार्जमा तपेन्द्र यादव र सह इन्चार्जमा राम ईश्वर राउतलाई चयन गरिएको छ ।
सो अवसरमा पूर्व कृषि राज्यमन्त्री योगेन्द्र यादव, राजनीतिक समिति सदस्य बिश्वनाथ पटेल, केन्द्रिय समिति सदस्य द्वय चुलहाई राय यादव, विन्देश्वर यादव, प्रदेश सदस्य एवम जिल्ला इन्चार्ज राम बसिस्ट यादव, जिल्ला सह–इन्चार्ज राजकुमार दास, जिल्ला सह–सचिव शम्भू यादव, वडा अध्यक्ष रामज्ञा यादव, तपिन्दर यादव, हरिकिशोर साह, महेश साह लगायतको उपस्थिति रहेको थियो ।