जनकपुरधाम । जनकपुर हार्डवेयर व्यवसायी संघको अध्यक्षमा शशि कुमार गुप्ता निर्विरोध निर्वाचित भएका छन् । जनकपुर हार्डवेयर व्यवसायी संघको शनिबार सम्पन्न निर्वाचन प्रक्रियामार्पmत गुप्ता अध्यक्षमा सर्वसम्मत भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा पंकज कुमार महतो, उपाध्यक्षमा सरोज साह, महासचिवमा दिनेश कुमार हाथी, सचिवमा शिवशंकर कुमार साह र कोषाध्यक्षमा मुकेश नायक निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक ललित साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । १५ सदस्यीय जनकपुर हार्डवेयर व्यवसायी संघका सदस्यहरुमा संतोष कुमार गामी, ओमप्रकाश साह, प्रदिप कुमार साह, विशेश्वर महासेठ, जवाहर साह, रामप्रताप साह, धनन्जय कुमार साह, सुनिल कुमार यादव र अशोक कुमार साह रहेका छन् ।
निर्वाचन संयोजक ललित साहको उपस्थितिमा शनिबार निर्वाचन प्रक्रिया सुरु हुन अगावै महासचिव पदका उम्मेदवार उमेश महतो र सचिव पदका उम्मेदवारद्वय भरत कुमार यादव र श्रवण कुमार महतोले उम्मेदवारी फिर्ता लिने लिखित जानकारी गराएपछि १५ सदस्यीय कार्य समिति नै निर्विरोध निर्वाचित भएको हो ।