मलगंवा । सर्लाहीको चन्द्रनगर गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय र विद्यालयमा ई–हाजिरी (इलेक्ट्रोनिक हाजिरी) फिङर प्रिन्ट अर्थात औंठा बाला हाजिरी जडान गरिएको छ ।
२०७९ फागुन १ गते देखि गाउँपालिकाका सम्पुर्ण शाखा, केन्द्र, कार्यालय र विद्यालयमा अनिवार्य रुपमा ई–हाजिरी गर्नु पर्ने व्यवस्था मिलाईएको छ । प्रत्येक महिनाको ई–हाजिरीमा अनुपस्थित देखिएको दिनको नियमानुसारको कागजात सहित उचित कारण नदेखिएको अवस्थामा नियमानुसारको गैल कट्टी हुने व्यहोरा पनि अनुरोध गरिएको छ ।
सम्बन्धित कार्यालय वा विद्यालयमा जडान गरिएको ई–हाजिरी मेसिनको सुरक्षाको जिम्मेवारी त्यस कार्यालयको कार्यालय प्रमुख र विद्यालयको प्रअको हुनेछ । ई–हाजिरी मेसिनमा कुनै समस्या देखिएमा गाउँपालिकाको सूचना अधिकृत र प्रशासन शाखा प्रमुखलाई तत्काल जानकारी गराई मेसिन सुचारु गराउन निर्देशन दिएको छ । सूचना अधिकृत र प्रशासन शाखा प्रमुखले पनि यथासम्भव छिटो मेसिन सुचारु गराउनु पर्ने जिम्मेवारी तोकिएको छ । यस सम्बन्धि कुनै ढिला सुस्ती भए सम्बन्धित कार्यालय वा विद्यालयका प्रअले प्रमुख प्रशासकीय अधिकृत वा गाउँपालिका अध्यक्षलाई सम्पर्क गरेर गुनासो गर्न आग्रह गरेको छ ।
जनतालाई सेवा प्रदान गर्ने काममा बिना उचित कारण र नियमानुसारको कागजात बिना अनुपस्थित हुने गलत अभ्यास अन्त्य गरि जनतालाई समयमा चुस्त दुरुस्त तवरले गुणस्तरीय सेवा प्रवाह गरि सम्बन्धित सम्पुर्णले आफ्नो पदिए र नैतिक जिम्मेवारी निर्वाह गर्नु हुने बिश्वास लिईएको छ ।