जनकपुरधाम । धार्मिक एवम् सामाजिक सद्भाव खलबल्याउने किसिमको गतिविधि हुन नदिन धर्मगुरुहरू बिच मंगलबार धनुषामा सद्भाव बैठक बसेको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको विभिन्न धर्मका गुरु तथा संघ संस्था एवं सुरक्षा निकायको सहभागितामा भएको बैठकबाट सद्भाव बिग्रिन नदिनका लागि राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक दिपक खड्काको संयोजकत्वमा टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ ।
केही दिन अगाडी महोत्तरीको बगडामा भएको घटनाको विषयमा पनि समीक्षा गरिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अगुवाईमा भएको बैठकमा विभिन्न चाडपर्व तथा अवसरमा सामाजिक सद्भाव बिगार्ने तत्व सक्रिय हुने भएकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा
सूचना सङ्कलनदेखि प्रभावकारी नियन्त्रणका लागि विषयमा टास्क फोर्सले काम गर्ने छ ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, नेपाली सेनाका प्रमुख सेनानी सुरेश देवकोटा, प्रहरी उपरीक्षक विश्व खड्का, सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्ल, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक दिपक खड्का लगायतले सामाजिक सद्भाव कायम राख्न सबैको सहयोग र साथ आवश्यक भएको बताए ।