जनकपुरधाम । ’मैथिली विकास कोषको अध्यक्षमा पुनः जीवनाथ चौधरी चयन भएका छन् । शनिबार बसेको कोषको साधारणसभाले चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । जनकपुरमा सम्पन्न कोषको साधारणसभामा चौधरीलाई नै अध्यक्षमा निरन्तरता दिने सहमति भएको थियो । साधारणसभाले कार्य समितिमा सदस्य संख्या थप गर्ने निर्णय गरेको छ । नयाँ सदस्यता पाउनेमा सुनिल मल्लिक, प्रमोद चौधरी, मनमोहन साह र पंकज महतो रहेका छन् ।