जनकपुरधाम । प्रथम गणतन्त्रवादी अमर शहीद दुर्गानन्द झाको ६०औं बलिदान दिवसको अवसरमा जनकपुरधाममा आइतबार स्मारक शिलान्यास गरिएको छ । दुर्गानन्द स्मारक निर्माण समितिले जनकपुरधाम–२३ लादो बेलामा करिब डेढ करोडको लागतमा शहीद दुर्गानन्द झाको स्मारक निर्माण गर्न लागेको हो ।
ऐतिहासिक जानकी मन्दिरको प्रांगणमा २०१८ साल माघ ९ गते तत्कालिन तानाशाह राजा महेन्द्रमाथि २० वर्षीय युवा दुर्गानन्दले बम प्रहार गरेको स्थलमा जनकपुरधाम बौद्धिक समाजले उनको स्मारक निर्माण गर्न २०६५ असार ९ गते शहीद दुर्गानन्द झा स्मारक निर्माण समितिको गठन गरी उनको आदमकद ६ फिट १ इन्च अग्लो स्मारक निर्माण गराएको साढे १४ वर्ष भई सक्दापनि निर्माणस्थल विवादले स्मारक लगाउन सकिएको थिएन ।
आइतबार पुनः उनको बलिदानी दिवसको अवसरमा शिलान्यास गरिएको र सकभर यसै आर्थिक वर्ष भित्र निर्माण कार्य पूरा हुने बताइएको छ ।