हरिवन । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले शुक्रबार जिल्लास्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै छन् ।
रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सर्लाही आएका उप्रेती गत बुधबारदेखि यहीँ छन् । उनले शुक्रबार दिउँसो हरिवनमा कार्यालय प्रमुखहरुसँग बिफ्रिङ लिने र निर्देशन दिने कार्यक्रम तय भएको प्रमुख जिल्ला इन्द्रदेव यादवले जानकारी दिए ।
मन्त्री उप्रेती शुक्रबार दिनभर हरिवनमा आयोजित विभिन्न कार्यक्रममा सरिक हुँदै छन् । उनलाई उद्योग वाणिज्य संघ हरिवन र नेकपा एमाले क्षेत्र नं. ३ को कमिटीले सम्मान कार्यक्रम राखेको छ ।
सर्लाही क्षेत्र नं. ३ बाट निर्वाचित भई वर्तमान सरकारमा रक्षामन्त्री बन्नुभएका उप्रेती एमाले नेता समेत हुन् । बरहथवा नगरपालिका १५ पिप्राभित्ता निवासी मन्त्री उप्रेती भोली काठमाडौँ फर्किने कार्यक्रम छ ।
उनी काठमाडौँ–तराई द्रुतमार्गको निरीक्षण गरी सेनाको एमआई–१७ हेलिकप्टरमार्फत वुधबार गृह गाउँ बरहथवास्थित हीरापुरमा अवतरण गरेका थिए ।