जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त हुने भएका छन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने छन् । ठाकुरलाई भोली आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएको छ । उनलाई प्रदेश प्रमुख मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका छन् ।
आइतबार बिहान मुख्य न्यायाधिवक्ताको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवले जानकारी दिए । सिरहा जिल्ला निवासी ठाकुर काठमाण्डौमा बसेर वकालत गर्दै आएका हुन् । ठाकुरलाई गएको मंगलबार नै मुख्यमन्त्री सरोज कुमार यादवले मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।
प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरियता उच्च अदालतको न्यायाधीश सरह रहने व्यवस्था छ । यसअघि मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा दिपेन्द्र झा थिए । उनले राजिनामा गरेर प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।