जनकपुरधाम । विद्याकी देवी सरस्वती माताको पूजापाठ गरी बिहीबार जनकपुरधामसहित देशभर धुमधामका साथ सरस्वती पूजाको उत्सव मनाइएको छ ।
माघ शुक्ल पञ्चमी तिथिका दिन बिहीबारलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । यस तिथिमा विद्यार्थीका साथै कलमबाट जीविकोपार्जन गर्ने र कलाका साधकहरु सरस्वती माताको पूजा गर्छन् भने किसानहरु बिहीबार हलोको पूजा गरेर यो पर्व मनाउने गर्छन् ।
यस पर्वको उपलक्ष्यमा विराटनगरका विद्यालयका साथै विभिन्न टोलमा सरस्वती माताको मूर्ति स्थापित गरी धार्मिक विधिपूर्वक पूजापाठ भइरहेका छन् ।
तराई क्षेत्रमा किसानले यो दिन आँगनमा चामलको पीठोेकोे अरिपन बनाएर त्यसमाथि हलोे, धान र द्रव्य राखेर पूजा गरिन्छ । सोही अवसरमा हलो जोत्ने हरुवालाई पूजामा राखिएका धानलगाायतका द्रव्य प्रदान गरी सम्मान गर्ने चलन पनि रहेको छ । बिहीबारकै दिन अधिकांस किसानले खेत जोत्नका लागि हरुवाको चयन गर्ने गर्छन् ।