Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

मन्त्रीहरुले अर्को साता मात्रै जिम्मेवारी पाउने


मन्त्रीहरुले अर्को साता मात्रै जिम्मेवारी पाउने

जनकपुरधाम । मधेश प्रदेशका मन्त्रीहरुले आउँदो साता मात्रै जिम्मेवारी पाउने भएका छन् । गएको पुस २९ गते पद तथा गोपनीयताका शपथ ग्रहण गरेका मधेश प्रदेशका तीन जना मन्त्रीको जिम्मेवारी आउँदो साता तोकिने भएको छ ।

नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव, जनमत पार्टीका बसन्त कुशवाहा र जनता समाजवादी पार्टी(जसपा)का संजय कुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । गएको पुस २९ गते जसपा संसदीय दलका नेता सरोज कुमार यादवले मुख्यमन्त्रीको शपथ लिएपछि मन्त्रीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ खुवाएका थिए । सत्ता साझेदार दलहरु बीच मन्त्रालय वाँडफाँटमा अभैm सहमति हुन नसकेकोले उनीहरुको जिम्मेवारी तोक्न ढिलाई भएको हो । आउँदो केही दिन भित्र मन्त्रीहरुको जिम्मेवारी तोकेर मन्त्रिमण्डल समेत विस्तार गर्ने तयारी रहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

मन्त्रीको जिम्मेवारी र मन्त्रिमण्डल विस्तारबारे मुख्यमन्त्री यादवले सत्ता साझेदार दलका नेताहरुसित छलफल गरेका छन् । मधेश प्रदेश सरकार विस्तार चाँडै गरिने तयारी अन्तिम चरणमा रहेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका पूर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साहले बताए । साहका अनुसार आउँदो सातासम्म मन्त्रीको जिम्मेवारी र सरकार विस्तार कार्य पूरा हुने छ । सरकारमा सहभागी दलका नेताहरु केन्द्रीय निर्णय कुर्नु परेकोले केही समय लागेको उनले स्वीकार गरे । मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले समर्थन गरेको छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिए पनि सरकारलाई भने समर्थन गरिसकेको छैन् । दुवै दल पर्ख र हेरको नीति लिएर अघि बढेको छ ।

मधेश प्रदेशमा मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रीमण्डल रहेको छ । नवनियुक्त मुख्यमन्त्री यादवले हालसम्म तीन जना मन्त्री नियुक्त गरेपनि उनीहरुको जिम्मेवारी भने तोकिसकेका छैनन् । अन्य दललाई समेत समेटेर सरकार विस्तार गर्ने कार्य पनि बाँकी नै रहेको छ ।

जसपाका संजय यादवलाई अर्थ, नेकपा एमालेका सरोज यादवलाई भौतिक पूर्वाधार र जनमत पार्टीका बसन्त कुशवाहालाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेबारी दिने श्रोतको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध