जलेश्वर । आफूलाई प्रहरीको गुप्तचर भन्दै लुटपाट गर्ने गिरोहलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका १४ का २२ वर्षीय निरज साह सोनार, गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २२ वर्षीय सनम मगर, वडा नं. १२ चल्की टोलका शैलेन्द्र राउत, र जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका १९ वर्षीय दीपक राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट लुटपाट गरी लगेका सामानसमेत बरामद गरेको छ ।
पक्राउ परेका गिरोहले पुस २८ गते अपराह्न सर्लाहीको हरिवन नगरपालिकाका राहुल महतोलाई नियन्त्रणमा लिई बर्दिबास ४ स्थित चेरुको जङ्गलमा लगेर लुटपाट गरेको बर्दिबास प्रहरीका प्रहरी नायव निरीक्षक रवि रावलले बताए ।
आफूलाई प्रहरीको सीआइडी हुँ भन्दै गिरोहले पीडित महतोलाई जङ्गल क्षेत्रको एकान्त स्थानमा पु¥याई, घेरा हालेर साथमा रहेका ७५ हजार नगद चाँदीको ब्रासलेट, लेन्ससहितको नेकोन एएफएस क्यामेरा, ३ थान मोबाइलसमेत लुटेका थिए ।
लुटपाटपछि पनि गिरोहले आफूहरू प्रहरीको सीआइडी भएकोले घुसवापत २२ हजार माग गरी त्रासमा पारेको र नदिए बर्दिबास एरियाबाट चोरी भएका मोटरसाइकलको मुद्दामा फसाई दिने र भिडिओ बनाएर भाइरल गरी दिने धम्की दिएका थिए ।
बर्दिबास प्रहरीमा महतोले दिएको उजुरीपछि घटना विवरण र हुलियाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।