जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलमा सामुदायिक भवन निर्माण हुने भएको छ ।
बुधबार एक कार्यक्रमका बीच सामुदायक भवनको सामूहिक शिलान्यास गरिएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, प्रदेशसभा सदस्य शेषनारायण यादव, कुमरकान्त झा, जनकपुरधाम उपमहानगरपालिका–१४ का वडाध्यक्ष पुण्यप्रताप यादव लगायतले संयुक्त रुपमा सामुदायिक भवनको शिलान्यास गरेका हुन् । पूर्व मन्त्री समेत रहेका महेन्द्र यादव, प्रदेशसभा सदस्य शेषनारायण यादव र कुमरकान्त झाले चुनावको क्रममा मतदातालाई दिएको वाचा पूरा गर्दै रजौलमा सामुदायिक भवनको शिलान्यास गरेका हुन् ।