जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको औद्योगिक तथा वित्तिय परामर्श समितिको बैठक बसेको छ । मंगलबार जनकपुरधाम उद्योग वाणिज्य संघमा समितका संयोजक ई.प्रकाश चन्द्र साहको उपस्थितिमा बसेको बैठकले उद्योग सम्बन्धी अध्ययन गरी प्रदेश सरकारलाई उद्योग स्थापना सम्बन्धी सुझाव दिने निर्णय गरेको छ ।
बैठकमा जउबा संघका अध्यक्ष जितेन्द्र महासेठ, औद्योगिक तथा वित्तिय परामर्श समितिका सदस्य बजरंग यादव, संजय झा, सन्तोष दाहाल, रजनिश कुमार सिंह, प्रभाष झा, कौशल साह लगायतको बिशेष उपस्तिथि रहेको थियो ।