Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

सडक दुर्घटनामा परी मधेशमा पाँचको मृत्यु


सर्लाहीमा कठ्यांग्रिएर दुईको मृत्यु

an Indian or Asian person laying dead with outstretched hand during COVID-19 or corona virus outbreak

जनकपुरधाम । बितेको २४ घन्टामा मधेश प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सिम्रौनगढ नगरपालिका–१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारीको मृत्यु भएको हो । उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाईते छन् । शरीरमा समान्य चोट मात्रै रहेकोले उनी घरमा नै आराम गरिरहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना एउटै मोटरसाईकलमा सवार थिए ।

आइतबार राति ९ बजे महागढीमाई नगरपालिका–९ थलही पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना.२६ प.२२९५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई पुल मुनी खसेको थियो । मोटरसाईकलमा तीन जना सवार थिए ।

दुर्घटनामा परी घाईते भएका गुड्डुले नै घरमा आफन्तलाई मोटरसाईकल दुर्घटना भएको जानकारी गराएका थिए । दुर्घटनाको बारेमा सोमबार बिहान २ बजे मात्रै खबर पाएको प्रहरीले जनाएको छ । प्रहरी टोली पुग्दा मोटरसाईकल थलही खोलामा नै भेटिएको थियो ।

कासिम र ताही भेटिएका थिएनन् । खोजतलासको क्रममा कासिमलाई बिहान ९ बजे घटना स्थल भन्दा २ किलोमिटर दक्षिणतर्फ खोला किनारमा घोप्टो परेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी तहिदको शव दिउँसो १२ः ५० बजे पुलभन्दा १ सय मिटर दक्षिण तर्फ खोलाको मध्य भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यस्तै, धनुषाको औरही गाउँपालिका–१ पौडेश्वरमा लु.७१ प १७६० नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ६५ वर्षीय भुलर यादवको आइतबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका–६ रन्जितपुरमा को.१ ह ९८५ नम्बरको अटोरिक्सा आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार छिन्नमस्ता गाउँपालिका–१ बस्ने २८ वर्षीया शर्मिला देवी रायको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरी हुँदै धरान घोपा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराहीमा प्र–२–०३–००१ ज ०२२४ नम्बरको म्याजिक गाडीले प्र.२–०३–००८ प ६५८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सोही नगरपालिका–४ बस्ने २९ वर्षीया कमला पुनको आइतबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो । घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध